Sunday, October 18, 2020

एकफेरा

 एकफेरा भनिदिन सक्छौ?

म कहिले पनि तिम्रो हृदयमा थिइन॔
धड्कन बनेर धड्किएकै थिइन
सम्झिदा मलाई ओठमा
मुस्कान छाएकै थिएन
भेट्न कहिल्यै नै मन तड्पिएकै थिएन
के एकफेरा भनिदिन सक्छौ?
झुट नै सहि भनिदेऊ
माया सारा झुठा थिए
बिताएका पल खोस्रा थिए
म केबल भ्रमित थिए
आखांमा पट्टि लगाएको थिए
ती तमाम सम्झनाका स्रगह व्यर्थ हुन्
बिझाइरहने काडां हुन्
दिमागका खोस्टे कल्पना हुन्
केबल भ्रममा थियो
सपनाका तंरग थियो
कहिले नमिल्ने किराना थियो
सबै व्यर्थ थिए
सबै व्यर्थ थिए
मैले गरेका प्रयासहरू
सबै व्यर्थ थिए
सबै व्यर्थ थिए!