Sunday, February 28, 2021

Enter

 Enter कबिता नि के कबिता मान्नु

शब्द पिच्छे इन्टर थिच्यो

तल घिस्र्यो

शब्द शब्द थोपर्यो, तल

तल सार्यो 

लेख्दियो सुर न ताल

नदिईई केहि बाल



Why I am single!

 

बिहानै मर्निड़्ग text
 के तरकारी खायौ  next
आज के लगाउछौं
भोली कपाल बान्छौं की छोडछौं
यस्तै गफ कपलहरूको सुन्दा
लाग्यो एकदिन
म नि बस्दिन्छु relationshipमा
 Romanticsm  मिसाइहेरम् अलीकति friendshipमा
कता जान्छौं आज, के खान्छौ अब
के च्याट गर्यौ तिम्रो साथीसंग
सुरूसुरूमा  दिन रमैलाई लाग्थ्यो
चटक र नाटक अलि बेसी हुनेगर्थ्यो
8 बजे उठेर मेसेज हेर्दा
5 मिसकल, 2 टेक्सट्
Where u baby why late
बिर्सेछु कुनैदिन साथीका जान्छु भन्न
भयो त्यो दिन ठूलै दुर्घटना
Sorry baby भनेर 7 वटा मेसेज
गर्दा पनि फक्किदैन त मोरा
आफू एक्लै एकसुरे बानी
यो जत्खेरै बेपी सार्है दिक्दार लाग्नी
आज 2months 2 days aniversary
भन्दै पोस्ट गरिन रे
एउटा कपल  टिकटक  भाइरल भएन रे!
कफीको चुस्की पालैपालो लिनीरे
आफ्नो भागको म:म share गर्नुपर्ने रे!
सोचे एकदिन आखिर यो सब के का लागी
Committment, promises , कति धेरै बन्देज लागेका
उकुसमुकुस लाग्ने किन मलाई मात्र होलात??
न खोजेको हैन जिन्दगीमा माया,
न चाहिने पनि त होइन साथ;हात छाया
तर किन यति कम्लिकेटेड्ड सबै
कि म freedom lover सार्है
माया गर्ने तरिका यस्तै हुन्  हुन्छन् भने
कसरी एड्जस्ट गर्नु यी procedure मा?
आफू फेरी बिन्दास मान्छे, प्रिभेसी नै प्यारो
म जस्तालाई  अफेयर सब्जेक्ट सार्है नै गार्हो
अनि सोचे single हुनुको मज्जा नै छुट्टै छ
 Grapes is sour " हुन नि सक्छ???
ह्या होस् यी लफडा अब नलाग्नी
9 बजे सुत्दिनी  बिना ब्रस हिड्दिनी
कन्भ्रसमा चल्दिनी, सब्लाई friendzone मा हाल्दिनी!
Thats why I am now single
Still not  ready to mingle