Saturday, July 20, 2024

देश

 ४६ पछि ६२ अनि त्यस पछि  

वर्षौ बिते यसरी

उही बेलाका बा सरी

आकाश हेर्छन् , आज उड्छ नाति

पुर्याउन बा पुग्छन्  लाठ्ठी टेकी एयरपोर्टमा 

उही छानो टिनको  फेरिन उस्तै छ सगंघर्ष

बाउ बाजे नातिको पल्टिएन जमाना 

बाटो आयो आँगनमा 

बा को बेला खनेको

कहिले जान्छ पहिरो छैन अझै भरपर्दो

यसो हेर्यो कुर्सीमा उही हजुरबाको दौतरी

चाउरिएका अनुहारले गरिरहेछन् अगुवाइ

२१ बर्षे लाठो हिंड्छ पछिपछि 

बा , दाजु भन्दै ,फ्याट्टै लाज नपचाई

अलिअलि थपिए बीचबीचमा  पात्र 

रुप रंग झक्कली, गएगुज्रेका मति

 अरौटे,भरौटे चो चो गर्दै   छरिएका दाना टिप्न

तछाडंमझाड लर्को

 नव भारद्रार, रजगज को भाउ झनै चर्को 

अझै पनि पेल्सिने पेल्सिरहे चेपिएरै मर्ने भए

जो जति जनता रहे ,छैन भाउ कौडिको 

कुर्दा कुर्दा लास  खाने भयो  गिद्दले 

छैन कोही मलामी कसले दिन्छ दागबत्ती

रित्यियो गाउँबस्ती, भग्नावशेष शहर 

उडुस,जुका , किर्ना मिलेर चुस्नु चुस्यो रगत, 

लादी पनि छाड्दैन चाट्न अझै पनि खोर्सिएरै नथाक्ने 

कस्ता लिच्चड परेछन् 

 बाँकी त केही देखिदैन 

न कतै बस्ती बारी

 सिद्धाएर मकाएर विनाशै पारेर 

केही नउम्रिने केही नउब्जिने 

अघोरीका   बन्जर बनाउने प्रयास

 कोही पनि  नरहे 

कसले सुन्छ भाषण

कसलाई गर्छौ शासन??