कहिले शब्दहरूको युद्दमा चेपिएको छौं? सायद संसारको सबै भन्दा ठूलो युद्द शब्दहरू कै हुन्छन्, त्यो पनि दिमागको कुरूक्षेत्रमा। दिमाग, लाग्दछ् एउटा ठूलो कुरूक्षेत्र हो, हामी नाथे सिपाही अनि शब्दहरू कमाण्डर!शब्दहरू एक आपसमा युद्द गर्छन्, भावना रच्छन्, कुन शब्द माथी कुन शब्द विजय हावी गर्ने युद्द गरेरै तय गर्छन्। सायद, शब्दहरूको युद्दमा मनलाई तन्द्रूस्त राख्न नसक्दा आफै बिरामी परिन्छ होला! शब्दहरू झेलिएर भावनाको तरग बनिदिदा, यति धेरै आधिंबेरी निम्त्याउछँ होला मनमा, ताकी मानिसलाई आफैंलाई सम्हाल्न गार्हो परिरहन्छ! कोहि शब्दहरू नै खेल्न सकेर लेखक हुन सक्छन्, त कोहि शब्दहरू समेट्नै नसकेर डिप्रेसनका बिरामी।
शब्दका अस्त्रहरू भंयकर खतरनाक लाग्छ मलाई, मुख बाट फ्याकिने ती अस्त्रहरूले अर्को मानिसलाई ठहरै बनाउन कति पनि समय लाग्दैन!कलमले कोरिएका शब्दहरू पनि के कम! समाज उथलपुथुल गर्न निकै काम लाग्छन्।
No comments:
Post a Comment