केहि सोचेर लेख्नु भन्दा कहिलेकाइ यत्तिकै लेख्दिन मन लाग्दो रहेछ,न कुनै शिर्षक न कुनै अर्थ बिना लेखिदिदा कस्तो बन्दो रहेछ त कुनै लेख भनेर शब्द कोर्दै छुं, सिधै मन र दिमाग बाट निस्केका भावहरू फिल्टर नगरी पोखिदिउ न, मेरो के जान्छ र? न कतै छापाखाना बाट प्रकाशित गर्नु छ न कसैलाई देखाउनु छ! कोरोनाको समय छ संसारको घडी नर्मल मानिएको समय अनुसारचलेको छैन, सायद न्यू नर्मल यहिहो की हामीलाई अभ्यस्त हुन गार्हो भएर हो की यो बुझ्न सकिरहेको छैन। तर पनि आज 5 महिना लागिसक्यो आफ्नो जीवनमा भने केहि परिवर्तन आएको छैन। लकडाउन चाहि खुल्यो , वर्क फ्रम होम हरू अफिस जान लागे क्यारे! स्कुल, कलेज बाहेक जम्मै खुल्यो। यो बिचमा आफूलाई के महसुस गरियो भने काम भनेको एउटा मान्छेको अस्तित्व पनि रहेछ, काम बिना मान्छे निर्रथक हुदों रहेछ! कर्म नै मानिसको पहिचान रहेछ, कर्म छैन त मान्छेको अस्तित्व छैन, बाच्ने कारण पनि काम नै बन्दो रहेछ, मैले आफूलाई सारै बेकामे ठानीरहूको छु! संसारमा मेरो योगदान सायद केहि रहेनछ जस्तो, हाहा, बस्यो खायो सुत्यो; यसरी बिना अर्थ जिन्दगी जिउन गार्हो काम रहेछ! म बिना सानो काम पनि रोकिदो रहेनछ जस्तो; आफ्नो अस्तित्व कहा निर जस्तो, हुन त बिधार्थी भएको नाताले बेरोजगार भैयो , तर यो उमेर सम्म आइपुग्दा पनि विधार्थी मात्र हुनु चाहि लज्जाश्पद कै विषय हुदो रहेछ, मन ले काम खोजिरहेको छ, कहि न कतै मेरो प्रयोग होस् भनेर खोजिरहेको छ;तर म यसरी फाल्टु, बस्दा पनि कहि कतै केहि नबिग्रिएको देख्दा आफ्नो अस्तित्व माथी नै प्रश्न गर्न मन लाग्ने रहेछ,! म बिना केहि बिग्रियोस् अनि म त्यहा चाहियोस् लागिरहेको छ तर अह कतै कसैको बोलावट छैन! यसरी खाने बस्ने सुत्ने काम सजिलो देखिदा पनि सबै भन्दा गार्हो र गर्हुगों काम आज मलाई यहि नै लागिरहेको छ! कति अचम्म!
Tuesday, July 28, 2020
Thursday, July 2, 2020
संगै साथ हिडेकाहरू
आज छुट्दै जान्छन्
आज भनिएका पलहरू
अभ्यस्त बन्दै जान्छन्
समय पनि बढो अचम्म
पछ्याउन खोज्दा खोज्दै
सधैं फुस्किजान्छन्
अंजुलीमा छोपेर राख्न खोज्छु
मीठामीठा क्षणहरू
पत्तो नपाई एकपछि गर्दै
आफै छुट्दै जान्छन्!
हिजो बिताएको पलहरू
किन हुदैन भोली उस्तै
आफ्ना मानिएका चिजहरू
किन बन्दैन आफ्नाजस्तै
छोपेर राख्न खोज्छुं समयलाई
किनसक्दिन्न
आज मात्र मेरो आफ्नो भैदिन्छ
सत्य नै आज भैदिन्छ
किन आज हिजो भैदिन्छ भोली
आफ्नो अस्तिस्व बिर्सन्छ हिजोले
किन छोप्न सकिन्न समयलाई
पत्तो नपाई छुट्दै जान्छ छुट्दै जान्छ
आज छुट्दै जान्छन्
आज भनिएका पलहरू
अभ्यस्त बन्दै जान्छन्
समय पनि बढो अचम्म
पछ्याउन खोज्दा खोज्दै
सधैं फुस्किजान्छन्
अंजुलीमा छोपेर राख्न खोज्छु
मीठामीठा क्षणहरू
पत्तो नपाई एकपछि गर्दै
आफै छुट्दै जान्छन्!
हिजो बिताएको पलहरू
किन हुदैन भोली उस्तै
आफ्ना मानिएका चिजहरू
किन बन्दैन आफ्नाजस्तै
छोपेर राख्न खोज्छुं समयलाई
किनसक्दिन्न
आज मात्र मेरो आफ्नो भैदिन्छ
सत्य नै आज भैदिन्छ
किन आज हिजो भैदिन्छ भोली
आफ्नो अस्तिस्व बिर्सन्छ हिजोले
किन छोप्न सकिन्न समयलाई
पत्तो नपाई छुट्दै जान्छ छुट्दै जान्छ
Subscribe to:
Comments (Atom)