केहि सोचेर लेख्नु भन्दा कहिलेकाइ यत्तिकै लेख्दिन मन लाग्दो रहेछ,न कुनै शिर्षक न कुनै अर्थ बिना लेखिदिदा कस्तो बन्दो रहेछ त कुनै लेख भनेर शब्द कोर्दै छुं, सिधै मन र दिमाग बाट निस्केका भावहरू फिल्टर नगरी पोखिदिउ न, मेरो के जान्छ र? न कतै छापाखाना बाट प्रकाशित गर्नु छ न कसैलाई देखाउनु छ! कोरोनाको समय छ संसारको घडी नर्मल मानिएको समय अनुसारचलेको छैन, सायद न्यू नर्मल यहिहो की हामीलाई अभ्यस्त हुन गार्हो भएर हो की यो बुझ्न सकिरहेको छैन। तर पनि आज 5 महिना लागिसक्यो आफ्नो जीवनमा भने केहि परिवर्तन आएको छैन। लकडाउन चाहि खुल्यो , वर्क फ्रम होम हरू अफिस जान लागे क्यारे! स्कुल, कलेज बाहेक जम्मै खुल्यो। यो बिचमा आफूलाई के महसुस गरियो भने काम भनेको एउटा मान्छेको अस्तित्व पनि रहेछ, काम बिना मान्छे निर्रथक हुदों रहेछ! कर्म नै मानिसको पहिचान रहेछ, कर्म छैन त मान्छेको अस्तित्व छैन, बाच्ने कारण पनि काम नै बन्दो रहेछ, मैले आफूलाई सारै बेकामे ठानीरहूको छु! संसारमा मेरो योगदान सायद केहि रहेनछ जस्तो, हाहा, बस्यो खायो सुत्यो; यसरी बिना अर्थ जिन्दगी जिउन गार्हो काम रहेछ! म बिना सानो काम पनि रोकिदो रहेनछ जस्तो; आफ्नो अस्तित्व कहा निर जस्तो, हुन त बिधार्थी भएको नाताले बेरोजगार भैयो , तर यो उमेर सम्म आइपुग्दा पनि विधार्थी मात्र हुनु चाहि लज्जाश्पद कै विषय हुदो रहेछ, मन ले काम खोजिरहेको छ, कहि न कतै मेरो प्रयोग होस् भनेर खोजिरहेको छ;तर म यसरी फाल्टु, बस्दा पनि कहि कतै केहि नबिग्रिएको देख्दा आफ्नो अस्तित्व माथी नै प्रश्न गर्न मन लाग्ने रहेछ,! म बिना केहि बिग्रियोस् अनि म त्यहा चाहियोस् लागिरहेको छ तर अह कतै कसैको बोलावट छैन! यसरी खाने बस्ने सुत्ने काम सजिलो देखिदा पनि सबै भन्दा गार्हो र गर्हुगों काम आज मलाई यहि नै लागिरहेको छ! कति अचम्म!
Tuesday, July 28, 2020
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment