किन खोज्नु अरूको आज्ञा
आफू बन्नलाई,
आफ्नो बाटो; आफ्नो पाइला
आफ्नो धर्ती ,किन खोज्नु अरूको अनुमती
आफू हिड्नलाई!
उसले के भन्ला,उसले के सोच्ला,
उसले मान्दैन,उसले गन्दैन
जता सुकै किन खोज्नु ऊ र उसको राय
म', मैले , मलाई' बन्नलाई!
आफ्नो सपना, आफ्नो आखां
आफ्नो संड़्घर्ष,आफ्नो कष्ट
किन खोज्नु अरूको स्विकृती
आफूले भोग्नलाई!
यो जल, यो थल
यो माटो,यो ढुड़्गा
छ हक उत्तिकै उस्तै
तर किन खोज्नु अरूको इजाजत
एक पाइला टेक्नलाई!
आफ्नो कागज;आफ्नो मसी
आफ्नो शब्द,आफ्नो कथा
किन खोज्नु अरूको राय
आफैं कोर्नलाई!।
बगैचां आफ्नो, फूल आफ्नै
आफ्नै रेखदेख,आफ्नै सुवास
किन खोज्नु अरूको सम्मति
आफू माली बन्नलाई!!
आफ्नो खुशी, आफ्नो दुःख
आफ्नै रजाईं,आफ्नै नचाई
किन खोज्नु अरूको प्रमाणीकरण
आफू जिउनलाई!!!
No comments:
Post a Comment