म केहि बर्ष अघि मै जस्तो थिइंन
म केहि बर्ष पछि मै जस्तो हुदिंन
हिजोका चाहना आज पटक्कै छैन
आजका रोजाइ भोली पटक्कै हुदैंन
हरेक चिज आखांले हेर्थे
दिमागले बुझ्थे
अचेल मनले हेर्छ
मनैले बुझ्छ
हरेक प्रश्नका उत्तर खोज्थे म
अचेल उत्तर भित्र प्रश्न खोज्छु
मुखले दिने जवाफहरू
मनै भित्रै गुम्साइदिन्छु
हिजो सायद खुशी थिए
हास्थे
आज म तटस्थ छुं
हासों र मुस्कानका भिन्नता बुझ्दैं छुं
कहानी र कथाहरू छुट्याउदैं छु
हिजो एक्लै हुदां डर लाग्थ्यो
आज मान्छेको बीचमा डरलाग्छ
हिजो भीडका बीचमा पाउथे
आज भिड पन्छाएर हिड्छुं
हरेक वस्तुका मोलतोल गर्ने म
आज हिसाबहरू बिर्सिसके
मूल्य महत्व कस्को कति
मेसो नपाउने भैसके
हिजो गलत र सहि छुट्याउने म
आज यहि बीचको बाटो रूचाउछुं
कालो र सेतो मात्र देख्ने मेरा आखां
आज खैरो नै खैरो देख्छु!
जता पनि अर्थ खोज्ने म
जीवन नै बेअर्थ देख्छु
सबैलाई खुशी पार्न हिडेको म हिजो
आज आफैलाई खुशी पार्न तल्लीन छ
हिजो पहाड शान्त देख्थे
आज उसको आवाज सुन्छु
खोलाका गन्तब्य समात्छु
चराका भाषा बूझ्छु
म हिजो जस्तो पटक्कै छैन
म आज जस्तै भोली पटक्कै हुदिन॔
No comments:
Post a Comment