Wednesday, May 22, 2024

Sansar

पहिले अलगै छुट्याइन्छ

अनि किन आइनस् ? भन्छन्

पहिले भाग लगाइन्छ

अनि भाग पाइनस्? भन्छन्

खेल्नु खेलेर संगलो पानी

धमिल्याइन्छ हिलाम्मेपारी

अनि माछा मारिनस् ? भन्छन्

पूजा लगाइन्छ

नजिक को भन्दै बोलाइन्छ 

विश् को पञ्चामृत तेर्साएर यहाँ 

अनि किन खाइनस् भन्छन्?

खडेरीमा पानी

बर्खायाम मा ओत 

लुकाएर दाउरा जति माघमा

किन आगो तापिनस् भन्छन्

उनैले दिएको जुत्ताको

खुट्टा मा ठेस देख्दा देख्दै

किन सहयोग मागिनस् भन्छन्


बुझेर तमाम नाटक सारा

आफ्नो बाटो चुपचाप लाग्दा

अचेल तॅं  त बोल्दैनस् भन्छन्

Timi

 तिमी मात्र एउटा पोस्ट

तिमी मात्र एउटा स्टोरी

तिमी फेसबुक को भित्तामा पोस्ट गर्छौ

अनि हाजिरी जनाउँछौ

अनि आफ्नो उपस्थिति देखाउछौं

अनि सम्झिने छन् ए, यो पनि रहेछ भनेर


तिमी बाँचेको छौ भनेर जानकारी दिन

तिमी अर्को तस्वीर पोस्ट गर

तिमी झुल्किदा देख्ने छन् 

नझुल्किएउ कुनै दिन तर  आउँने छैन कल

न के छ खबर

तीनै जो भन्ने गर्थे वा वा क्या छ तिम्रो स्ट्याटस्

तिमी राख तिम्रो तस्वीर अनि बल्ल

तिमी मोटाएउ दुब्ल्यौ के छ

तिम्रो उपस्थितिले जनाउँछ

मानिलेउ तिम्रो जिन्दगी सुखमय छ

सोध्दैनन् एक बचन

के त खुशी त छस्

के चल्दै छ

नराखे  सञ्जालमा तस्वीर, 

नकोरे , नखोके जानी नजानी विचार..



बिर्सिसके होलान् कतिले त 

तिम्रो घरको ठेगाना

तिम्रो फोन नम्बर

थाह छ त उनीहरुलाई तिम्रो 

आईडी

तिम्रो भित्ते फेबु पोस्ट

कति भयो नदेखेको?

कति भयो नबोलेको??

तर देखम्, बोलम्, भेटम्? हुन्छ र?

ती लाइक , कमेन्ट संग?

जो भैसके जीन्दगीका रंग