Wednesday, May 22, 2024

Sansar

पहिले अलगै छुट्याइन्छ

अनि किन आइनस् ? भन्छन्

पहिले भाग लगाइन्छ

अनि भाग पाइनस्? भन्छन्

खेल्नु खेलेर संगलो पानी

धमिल्याइन्छ हिलाम्मेपारी

अनि माछा मारिनस् ? भन्छन्

पूजा लगाइन्छ

नजिक को भन्दै बोलाइन्छ 

विश् को पञ्चामृत तेर्साएर यहाँ 

अनि किन खाइनस् भन्छन्?

खडेरीमा पानी

बर्खायाम मा ओत 

लुकाएर दाउरा जति माघमा

किन आगो तापिनस् भन्छन्

उनैले दिएको जुत्ताको

खुट्टा मा ठेस देख्दा देख्दै

किन सहयोग मागिनस् भन्छन्


बुझेर तमाम नाटक सारा

आफ्नो बाटो चुपचाप लाग्दा

अचेल तॅं  त बोल्दैनस् भन्छन्

No comments:

Post a Comment