म आफैंलाई कहिल्यै राम्री छुं, लागेन, किशोरावस्थामा। हुन्छ नि, त्यो “attitude” म कस्तो राम्री छु, यो केटाले मलाई राम्री भएरै हेरेको हो, यस्तो उसतो…” भनेर सोच्ने उमेर। +2 पढ्दासम्म पनि कहिल्यै “घर जान्छु, खेल्छु” भन्ने मात्र ध्यान, न त केटा–केटी जस्तो, संसार नै , १६ वर्षको जवानीमा पनि।
तर उमेरमा कहिल्यै पनि अनुहारले मेरो आत्मविश्वासमा असर पारेन। साथीहरु पनि त्यस्तै थियो। कहिलेकाहीँ सोच्थें, यदि मेरो कपाल silky straight र brown नभएको भए, आँखा र eyebrow नमिलेको भए, सायद म साँच्चिकै ugly देखिन्थें होला।
म stereotypical कुरा गर्दैछु,
तर यिनै कुराले गर्दा होला, म ५ मिनेटमै ready हुन्थें। Fashion sense शून्य। Bachelor र Masters पढिसकेँ, तर कहिल्यै “कसैले मलाई judge गर्छ कि” भनेर दिमागमा राखेर हिँडिन। म राम्री छु भनेर assure भएर होइन, मलाई त्यो सोच्ने बानी नै थिएन, मस्त, सरल, जहिले केटाकेटी जस्तै।
तर जब बिहे भयो, अनि जब म विवाहित भएँ र अरू विवाहित महिलाहरू सँग भेट हुन थाल्यो, त्यतिबेला ममा insecurity आउन थाल्यो। यहाँ अष्ट्रेलिया आएपछि, खासगरी विवाहित महिलाहरूको जमघटमा जाँदा “यो किन लगाएनौ, त्यो किन लगाएनौ, यस्तो लगाउ, उस्तो गर” भन्ने कुरा सुन्दा मेरो आत्मविश्वास एकदमै घट्यो।
मलाई कहिल्यै सिन्दूर, पोते, पूरै गहना लगाउन मन लाग्दैनथ्यो। Feminism को कारणले होइन, बरु “बुढी देखिन्छु कि” भन्ने डरले। त्यसैले होला, म आफैंलाई नै नराम्री लाग्न थालें। Makeup सिक्ने कोसिस गरें, तर जानिन, कति थरी, बाफ्रे, के के लगाउने हो!
सारी लगाउने पनि धेरैपटक प्रयास गरें, तर सकिनँ। आफ
Customer service मा काम गर्दा, कहिलेकाहीँ १–२ जना “You are so beautiful” भन्थे, त्यो सुन्दा हाँसिदिँथेँ, तर भित्रभित्रै सोच्थें, साँचिकै हो कि?”
जबसुकै सांस्कृतिक पर्व वा चाड आउँछ, मलाई anxiety सुरु हुन्छ, किनभने makeup!
teenager मा नभएको insecureness, यो
बुढेसकालमा कसरी पलायो??? , तर सोच्ने गर्छु,
यो insecurity ऐश्वर्या रायलाई पनि भयो होला?”
Monica, Rachel कति राम्री छन् है! संसारकै राम्री त मलाई Anne Hathaway लाग्छ। Anne Hathaway जति राम्री, यो संसारमा Keira Knightley पनि त्यत्तिकै , हेरिरहूँजस्तो लाग्छ। तर पनि किन surgery गर्छन् होला? कसैले त भन्छ होला,
सर्जरी गरे अझ राम्री देखिन्छेस।”
Sushmita Sen, Gauri Khan र Rakhi Sawant अहिले हेर्दा त जस्तो तिनै जना triplets जस्तै लाग्छन्।
तर सोचिरहन्छु, कति सम्मको राम्री भएपछि पुग्छ होला है केटीहरूलाई?