शून्यता
मेरो शुन्यताले
कतै दोहोराउदै थियो मलाई
भित्र भित्र आफ्नै अस्तित्व
खोज्दै थिए यहां सबैको सामु
आफूलाई समाहित गर्न खोज्दै थियो
यो रिक्तता त कहिले कुनै दिन भरिन्थ्यो होला
तर म शून्य शून्य थिए
भाव शून्य थिए
यो संसारमा आश शून्य थिए
अस्तित्व शून्य पाए
त्यसैले त यहा एक्लो पाए
आफूलाई; खै
किन जरूरत ठानीन अझै जीउन
आफ्नैलागी जरूरत लागेन
म नभए पनि संसार रित्तिने होइन
लाग्यो 2,4 दिन गार्हो पर्ला आफ्नालाई
मेरो बानी छुटाउन
बस्, 2,4 दिन न हो सोचे
आफूलाई खुला छोड्न चाए
यहां भन्दा पर आफू जान चाए
मनै लागेन
दिल नै बसेन
अस्तित्व स्विकार्य देखिदैन
आशहरू निर्थक देखिन्छ
भाव शून्य लाग्दछ
महसुसता शून्य लाग्दछ
अर्थ केहिको देखिदैन॔
जब शून्यता गर्हुड़्गो हुन थाल्दछ
मन उड्न चाहान्छ निस्फिक्री
त्यसैम उडे!
No comments:
Post a Comment