कोही भेटियोस् त लाग्दो हो
कोही भैदियोस् त लाग्दो हो
जति एक्लोपनलाई साथी बनाए पनि
कोही संगै रोइदियोस् त लाग्दो हो
मन भित्रै सबै कुरा गुम्साएर राख्दा
कोहि होस् गाठों फुकादियोस्
त लाग्दो हो
कठोर हुदां हुदैं पनि
कहिले काहि त अत्तालिएला
मनै त हो कहिले जम्ला
कहिले पग्लिएला
कोहि होस् अंजुलीमा
आशुं थापिदियोस् त लाग्दो हो
कोहि होस् मीठो मुस्कान
सापट दियोस् त लाग्दो हो!
पिरै पिरको भारी बोक्दा
पिरै पिरको भारी बोक्दा
कोहि होस् बिसौनी चौतारी
बनिदियोस् त लाग्दो हो!
No comments:
Post a Comment