Saturday, November 28, 2020

प्रश्न

 किन खोज्नु अरूको आज्ञा 

आफू बन्नलाई,

आफ्नो बाटो; आफ्नो पाइला

आफ्नो धर्ती ,किन खोज्नु अरूको अनुमती

आफू हिड्नलाई!

उसले के भन्ला,उसले के सोच्ला, 

उसले मान्दैन,उसले गन्दैन

जता सुकै किन खोज्नु ऊ र उसको राय

म', मैले , मलाई' बन्नलाई!

आफ्नो सपना, आफ्नो आखां

आफ्नो संड़्घर्ष,आफ्नो कष्ट

किन खोज्नु अरूको स्विकृती

आफूले भोग्नलाई!

यो जल, यो थल

यो माटो,यो ढुड़्गा

छ हक उत्तिकै उस्तै

तर किन खोज्नु अरूको इजाजत

एक पाइला टेक्नलाई!

आफ्नो कागज;आफ्नो मसी

आफ्नो शब्द,आफ्नो कथा

किन खोज्नु अरूको राय

आफैं कोर्नलाई!। 

बगैचां आफ्नो, फूल आफ्नै

आफ्नै रेखदेख,आफ्नै सुवास

किन खोज्नु अरूको सम्मति

आफू माली बन्नलाई!!

आफ्नो खुशी, आफ्नो दुःख

आफ्नै रजाईं,आफ्नै नचाई

किन खोज्नु अरूको प्रमाणीकरण

आफू जिउनलाई!!!


Sunday, October 18, 2020

एकफेरा

 एकफेरा भनिदिन सक्छौ?

म कहिले पनि तिम्रो हृदयमा थिइन॔
धड्कन बनेर धड्किएकै थिइन
सम्झिदा मलाई ओठमा
मुस्कान छाएकै थिएन
भेट्न कहिल्यै नै मन तड्पिएकै थिएन
के एकफेरा भनिदिन सक्छौ?
झुट नै सहि भनिदेऊ
माया सारा झुठा थिए
बिताएका पल खोस्रा थिए
म केबल भ्रमित थिए
आखांमा पट्टि लगाएको थिए
ती तमाम सम्झनाका स्रगह व्यर्थ हुन्
बिझाइरहने काडां हुन्
दिमागका खोस्टे कल्पना हुन्
केबल भ्रममा थियो
सपनाका तंरग थियो
कहिले नमिल्ने किराना थियो
सबै व्यर्थ थिए
सबै व्यर्थ थिए
मैले गरेका प्रयासहरू
सबै व्यर्थ थिए
सबै व्यर्थ थिए!

Wednesday, August 5, 2020

Is it necessary to post beautiful photos in a socialmedia? What is the psychology behind it? What is the happiness lying behind it? I wonder...
Few days ago, I took more than a 50s photos , I selected 10 of them edited 5 o them and uploaded 3 of them. Within a minutes, likes and comment started flooding. I was dazzled!.
 A moment later, I realized that  I was overwhelmed just because of all those extrernal validations from those stranger whom I have never met before. What kinds of human nature is this?
As a course of development in a technology, sociam media has engulfed morethan half of the internet! Nowadays, people are so obsessed on posting every details on a social media, facebook, twitter has been  working as a reflecting mirror of their daily life!  Among that; we people are more obsessed on asking a validation for our photos and selfies. Before taking just one shots; we wish for higher pixel camera( If we don't have) after that we try to make ourself as perfect as We could, and then all those numerous editing app work to give our photo an angelic apperance. Then we think thrice to upload even ask our few close friends before that. This is just  the common procedure!😊 I wonder when did we start taking this types of external validation?
Here; I am not  slagging a social media platforms. I know there are numerous negative aspects of using social media. I just want to acknowledge our psychology behind the posting beautiful photos and asking an external validations.
As, People love praise! People are always hunger of their glory! When someone magnifies them, their heart bloosom! Actually, this is the modern version of asking  his/her hymn. Is it also a part of human evolution?. May be happiness comes from a different form! This is the new way! So never stop posting and praising a good photos!

Tuesday, July 28, 2020

केहि सोचेर लेख्नु भन्दा कहिलेकाइ यत्तिकै लेख्दिन मन लाग्दो रहेछ,न कुनै शिर्षक न कुनै अर्थ बिना लेखिदिदा कस्तो बन्दो रहेछ त कुनै लेख भनेर शब्द कोर्दै छुं, सिधै मन र दिमाग बाट निस्केका भावहरू फिल्टर नगरी पोखिदिउ न, मेरो के जान्छ र? न कतै छापाखाना बाट प्रकाशित गर्नु छ न कसैलाई देखाउनु छ! कोरोनाको समय छ  संसारको घडी नर्मल मानिएको समय अनुसारचलेको छैन, सायद न्यू नर्मल यहिहो की हामीलाई अभ्यस्त हुन गार्हो भएर हो की यो बुझ्न सकिरहेको छैन। तर पनि आज 5 महिना लागिसक्यो आफ्नो जीवनमा भने केहि परिवर्तन आएको छैन। लकडाउन चाहि खुल्यो , वर्क फ्रम होम हरू अफिस जान लागे क्यारे! स्कुल, कलेज बाहेक जम्मै खुल्यो। यो बिचमा आफूलाई के महसुस गरियो भने काम भनेको एउटा मान्छेको अस्तित्व पनि रहेछ, काम बिना मान्छे निर्रथक हुदों रहेछ! कर्म नै मानिसको पहिचान रहेछ, कर्म छैन त मान्छेको अस्तित्व छैन, बाच्ने कारण पनि काम नै बन्दो रहेछ, मैले आफूलाई सारै बेकामे ठानीरहूको छु! संसारमा मेरो योगदान सायद केहि रहेनछ जस्तो, हाहा, बस्यो खायो सुत्यो; यसरी बिना अर्थ जिन्दगी जिउन गार्हो काम रहेछ! म बिना सानो काम पनि रोकिदो रहेनछ जस्तो; आफ्नो अस्तित्व कहा निर जस्तो, हुन त बिधार्थी भएको नाताले बेरोजगार भैयो , तर यो उमेर सम्म आइपुग्दा पनि विधार्थी मात्र हुनु चाहि लज्जाश्पद कै विषय हुदो रहेछ, मन ले काम खोजिरहेको छ, कहि  न कतै मेरो प्रयोग होस् भनेर खोजिरहेको छ;तर म यसरी फाल्टु, बस्दा पनि कहि कतै केहि नबिग्रिएको देख्दा आफ्नो अस्तित्व माथी नै प्रश्न गर्न मन लाग्ने रहेछ,! म बिना केहि बिग्रियोस् अनि म त्यहा चाहियोस् लागिरहेको छ तर अह कतै कसैको बोलावट छैन! यसरी खाने बस्ने सुत्ने काम सजिलो देखिदा  पनि सबै भन्दा गार्हो र गर्हुगों काम आज मलाई यहि नै लागिरहेको छ! कति अचम्म! 

Thursday, July 2, 2020

संगै साथ हिडेकाहरू
आज छुट्दै जान्छन्
आज भनिएका पलहरू
अभ्यस्त बन्दै जान्छन्
समय पनि बढो अचम्म
पछ्याउन खोज्दा खोज्दै
सधैं फुस्किजान्छन्
अंजुलीमा छोपेर राख्न खोज्छु
मीठामीठा क्षणहरू
पत्तो नपाई एकपछि गर्दै
आफै छुट्दै जान्छन्!
हिजो बिताएको पलहरू
किन हुदैन भोली उस्तै
आफ्ना मानिएका चिजहरू
किन बन्दैन आफ्नाजस्तै
छोपेर राख्न खोज्छुं समयलाई
किनसक्दिन्न
आज मात्र मेरो आफ्नो भैदिन्छ

सत्य नै आज भैदिन्छ
किन आज हिजो भैदिन्छ भोली
आफ्नो अस्तिस्व बिर्सन्छ हिजोले
 किन छोप्न सकिन्न समयलाई
पत्तो नपाई छुट्दै जान्छ छुट्दै जान्छ

Sunday, June 14, 2020

कोही भेटियोस् त लाग्दो हो
कोही भैदियोस् त लाग्दो हो
जति एक्लोपनलाई साथी बनाए पनि
कोही संगै रोइदियोस् त लाग्दो हो
मन भित्रै सबै कुरा गुम्साएर राख्दा
कोहि होस् गाठों फुकादियोस्
त लाग्दो हो
कठोर हुदां हुदैं पनि
कहिले काहि त अत्तालिएला
मनै त हो कहिले जम्ला
कहिले पग्लिएला
कोहि होस् अंजुलीमा
आशुं थापिदियोस् त लाग्दो हो
कोहि होस् मीठो मुस्कान
सापट दियोस् त लाग्दो हो!
पिरै पिरको भारी बोक्दा
पिरै पिरको भारी बोक्दा
कोहि होस् बिसौनी चौतारी
बनिदियोस् त  लाग्दो हो!
शून्यता


मेरो शुन्यताले
कतै दोहोराउदै थियो मलाई

भित्र भित्र आफ्नै अस्तित्व
खोज्दै थिए यहां सबैको सामु
आफूलाई समाहित गर्न खोज्दै थियो
यो रिक्तता त कहिले कुनै दिन भरिन्थ्यो होला
तर म शून्य शून्य थिए
भाव शून्य थिए
यो संसारमा आश शून्य थिए
अस्तित्व शून्य पाए
त्यसैले त यहा एक्लो पाए
आफूलाई; खै
किन जरूरत ठानीन अझै जीउन
आफ्नैलागी जरूरत लागेन
म  नभए पनि संसार रित्तिने होइन
लाग्यो 2,4 दिन गार्हो पर्ला आफ्नालाई
मेरो बानी छुटाउन
बस्, 2,4 दिन न हो सोचे
आफूलाई खुला छोड्न चाए
यहां भन्दा पर आफू जान चाए
मनै लागेन
दिल नै बसेन

अस्तित्व स्विकार्य देखिदैन
आशहरू निर्थक देखिन्छ
भाव शून्य लाग्दछ
महसुसता शून्य लाग्दछ
अर्थ केहिको देखिदैन॔

 जब शून्यता गर्हुड़्गो  हुन थाल्दछ
मन उड्न चाहान्छ निस्फिक्री
त्यसैम उडे!

Monday, April 27, 2020

This is a pandemic time. People are living inside their home. The situation of the world is not so good, however, Nepal is still being lucky either with a shadow of pasupatinath or immunity power of people or anyother. Its still shocking. Its already been morethan 1 month, country to be a lockdown.still, we are surviving well . Being a middle class family, still, itsnot so hard for executing our daily life. I don't  know how labourers  are surviving. World's number 1 country USA is facing a  covid-19 challenge.its seem so hard for them. Morethan 50 thousands people are already dead.
This is much about world.
During lockdown, people are getting time for themselves. They are evolving with talents.and they are getting a time to discover their hobbies. Most people are engaging in akitchen, they are cooking variteies of foods. Peope who know singing, dancing, they are doing it and posting in a youtube challenge. Some people are very good artist. They are drawing a picture, painting.. etc etc etc.
Here me, I don't have any talents. I sleep for  12 hours. How could be someone born with no talents. I used to read some books during initial days of lockdown. Nowadays I don't even read. I want to improve my english skills. I don't know how. My vocab and grammar is very weak. If someone read my sentences; they can easily guess my weakness in a grammar.
Anyway, this is a pandemic year, I would like to pray for all the health guider who are combating for our netter health.
To all the people who have lost their beloved. To all the people who have their difficult time running due to this pandemic.may this corona end soon🙏🙏 at the end, Its all about surviving. Be safe, stay safe🙏
Okay, thats all.! Bye!

Monday, April 20, 2020

Monologue

कहिले शब्दहरूको युद्दमा चेपिएको छौं? सायद संसारको सबै भन्दा ठूलो युद्द शब्दहरू कै हुन्छन्, त्यो पनि दिमागको कुरूक्षेत्रमा। दिमाग, लाग्दछ् एउटा ठूलो कुरूक्षेत्र हो, हामी नाथे सिपाही अनि शब्दहरू कमाण्डर!शब्दहरू एक आपसमा युद्द गर्छन्, भावना रच्छन्, कुन शब्द माथी कुन शब्द विजय हावी गर्ने युद्द गरेरै तय गर्छन्। सायद, शब्दहरूको युद्दमा मनलाई तन्द्रूस्त राख्न नसक्दा आफै बिरामी परिन्छ होला! शब्दहरू झेलिएर भावनाको तरग बनिदिदा, यति धेरै आधिंबेरी निम्त्याउछँ होला मनमा, ताकी मानिसलाई आफैंलाई सम्हाल्न गार्हो परिरहन्छ! कोहि शब्दहरू नै खेल्न सकेर लेखक हुन सक्छन्, त कोहि शब्दहरू समेट्नै नसकेर डिप्रेसनका बिरामी।
शब्दका अस्त्रहरू भंयकर खतरनाक लाग्छ मलाई, मुख बाट फ्याकिने ती अस्त्रहरूले अर्को मानिसलाई ठहरै बनाउन कति पनि समय लाग्दैन!कलमले कोरिएका शब्दहरू पनि के कम! समाज उथलपुथुल गर्न निकै काम लाग्छन्।